२७ बैशाख २०८१, बिहिबार | Thu May 9 2024

रोनाल्डोको टिम युभेन्टस जेनोआसँग पराजित



एजेन्सी । 

युभेन्टस इटालियन सिरी ए फुटबलमा यो सिजन पहिलो पटक पराजित भएको छ, अर्थात सिरी ए फुटबलमा उसको अपराजित यात्रामा पूर्ण्विराम लागेको छ ।

लिग अन्तर्गत आइतबार राति भएको भएको खेलमा युभेन्टस जेनोआसँग अप्रत्यासित रुपमा पराजित भएको हो । घरेलु टोली जेनोआको जितमा युभेन्टसका पूर्व खेलाडी स्टेफानो स्टुरारोले ७२ तथा गोरानो पान्देवले ८१ औँ मिनेटमा गोल गर्दै २–० को जित दिलाएका हुन् ।

च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को दोस्रो लेगमा एथ्लेटिको मड्रिडविरुद्ध ह्याट्रिक गरेका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोलाई आराम दिइएको खेलमा युभेन्सटले लिगमा एक वर्ष यता पहिलो हार बेहोरेको हो ।

युभेन्टस सिरी ए फुटबलमा यसअघि गएको अप्रिल २२ मा पराजित भएको थियो । यो सिजन भने ३ खेलमा बराबरी गरेको थियो, तर जेनोआसँगको खेलमा उ पराजित भयो ।

यो खेलमा युभेन्टसका लागि पाउलो डिबालाले गोल गरेका थिए, तर भिएआरमा अफसाइड देखिएपछि मान्यता पाएन । हारपछि पनि शीर्षस्थानको युभेन्टसले दोस्रोस्थानको नापोलीसँगको अंक दूरी १८ नै बनाएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७५ सोमबार ००:००  ३ : ५१ बजे