२७ बैशाख २०८१, बिहिबार | Thu May 9 2024

पिएसजीको फ्रेन्च लिग वान फुटबलमा प्रभावशाली जित



एजेन्सी । 

एन्जल डी मारियाको उत्कृष्ट प्रदर्शनको सहयोगमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वान फुटबलमा प्रभावशाली जित निकालेको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा पिएसजीले मार्सेइलीलाई ३–१ ले हरायो ।

पिएसजीको जितमा डी मारियाले दुई तथा युवा स्टार केलिएन एमबाप्पेले एक गोल गरे । मार्सेइलीका लागि भालिरे जर्मेनले एक गोल फर्काए । पहिलो हाफको इन्जुरी समयमा एमबाप्पेले गोल गरेपछि पिएसजीले १–० को अग्रता लियो ।

दोस्रो हाफको पहिलो मिनेटमा नै जर्मेनले मार्सेइलीका लागि बराबरी गोल फर्काए । त्यसपछि डी मारियाले गोल गरे । उनले ५५ र ६६ औँ मिनेटमा गोल गरेका हुन् ।

त्यसअघि ६२ औँ मिनेटमा मार्सेलीका गोलरक्षक सीधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । आफ्नो एरिया भन्दा बाहिर गएर ह्याण्डबल गरेका कारण गोल रक्षक म्यानडान्डाले रातो कार्ड पाएका हुन् । मार्सेइलीले त्यसपछि थप खेलाडीका रुपमा अर्का गोलरक्षकलाई भित्र्याएको थियो ।

जितपछि शीर्षस्थानको पिएसजीको २८ खेलबाट ७७ अंक भएको छ र उ दोस्रो स्थानको लिले भन्दा २० अंकले अघि छ । चौथो स्थानको मार्सेइलीको ४७ अंक भएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७५ सोमबार ००:००  ३ : ५३ बजे