५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

डुङ्गा फुटवलमा समिकरण पूरा, बुढासुड्डा प्रतियोगीताले दर्शकको ध्यान खिच्यो



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको बाणगंगा- ४ डुङ्गामा जारी नकआउट फुटवलमा बुढासुड्डाहरुको खेलले रोमाञ्चकता प्रदान गरेको छ । वडा स्तरीय खेल संगै ३० बर्ष माथि र ६५ केजी तौल माथिकाबीच सुरु भएको बुढासुड्डा खेल हेर्न दर्शकहरु चर्को घाममा पनि मैदान पुग्ने गरेका छन् । बुढा सुड्डाको प्रतियोगितामा वडा नम्बर ४ भित्रका ६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
मंगलबारबाट सुरु भएको बुढासुड्डा खेलमा मंगलबार २ टोलीले प्रतिस्पर्धा गरेका छन् । जसमा मुहान एफ सी झुँगा र हरिहरपुर विजयी भए । मंगलबारको दोश्रो खेलमा मुहानले सनराइज मोतीपुरको टोलीलाई २ शुन्य गोल अन्तरले पराजित गरेको छ ।
जम्मा ५० मिनेटको रोमाञ्चक खेलमा मुहानको जितमा जगन नारायण चौधरी र प्रकाश सेनले गोल गरेका थिए । यो जितसंगै मुहान सेमिफाइनलमा प्रवेश गरेको छ । यस्तै आजको पहिलो खेलमा हरिहरपुर विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । हरिहरपुरले हेल्थ क्लवलाई ४–३ गोल अन्तरले पराजित गर्यो । अब भोली बुढासुड्डाको सेमिफाइनल हुने छ ।
यस्तै मंगलबार भएको मुख्य प्रतियोगितामा शान्ति दिप र नव प्रभात युवा क्लवबीच प्रतिस्पर्धा भएको छ । जसमा शान्ति दीप डुंगाले नवप्रभातलाई ६–० गोल अन्तरले पराजित गरेको छ । यस संगै प्रतियोगीताको सेमिफाइनल समिकरण पूरा भएको छ । अब सेमिफाइनलमा मुहान एफसि झुँगा, वाणगंगा स्पोट्स एण्ड वेल्फेयर सोसाइटी, शान्ति दीप डुंगा र हरिहरपुर क्लबले बुधबारबाट प्रतिस्पर्धा गर्दै छन् ।
प्रतियोगिताको विजेताले नगद रु ७५ हजार शिल्ड मेडल प्रमाण पत्र पाउने छ भने उपविजेताले ५५ हजार रुपैयाँ शिल्ड मेडल र प्रमाण पत्र पाउने छ । यस्तै बुढासुड्डाहरुको विजेताले २० किलाको खसी प्राप्त गर्ने खेल संयोजक चित्र बहादुर खाँणले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ५ चैत्र २०७५ मंगलबार ००:००  २ : ३४ बजे