५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

आईपीएल २०१९ को यस्तो छ खेलतालिका (सूचिसहित)



एजेन्सी । 

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले मंगलबार इन्डियन प्रिमियर लिग(आईपीएल) को १२ औँ संस्करण अन्तर्गत लिग चरणको पूरा खेलतालिका सार्वजनिक गरेको छ । सार्वजनिक खेलतालिकाअनुसार आईपीएलको पहिलो खेल मार्च २४ चेन्नइर्एका एमए चिदम्बरम स्टेडियममा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंग्लोरबीच हुनेछ ।

त्यस्तै समूह चरणको अन्तिम खेल भने मे ५ मा मुम्बईमा मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सबीच हुनेछ । आउँदो लोकसभा चुनावलाई मध्यनजर गर्दै यस पटक आईपीएलको समयमा परिवर्तन गरिएको छ । खेल भारतीय समयअनुसार बेलुका चार बजे र आठ बजेबाट सुरु हुनेछ ।

प्लेअफको खेलतालिका भने पछि सार्वजनिक गरिने छ । यस पटक आईपीएलको फाइनल चेन्नईमा हुने बीसीसीआईले जनाएको छ ।

नेपाली क्रिकेटर सन्दीप लामिछाने सम्मिलित टिम दिल्ली क्यापिटल्सले यस पटक पहिलो खेल आउँदो आइतबार अर्थात मार्च २४ तारिखका दिन साँझ ८ बजे मुम्बईमा मुम्बई इन्डियन्ससँग खेल्नेछ ।

प्रकाशित मिति : ६ चैत्र २०७५ बुधबार ००:००  ३ : १२ बजे