५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

श्रीलंकाविरुद्ध नेपाल ४–० गोलले अगाडि



मायादेवी अनलाइन, काठमाडौं ।
विराटनगरमा भैरहेको महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले पहिलो हाफमा १ गोलको अग्रता बनाएको छ । श्रीलंकाविरुद्धको सेमिफाइनल अहिले शहीद रंगशालामा भैरहेको छ । पहिलो हाफको ४२ औं मिनेटमा पुनम जर्घामगरले गोल गर्दै अग्रता दिलाएकी हुन् ।

गीता रानाले प्रहार गरेको फ्री किकलाई कप्तान निरु थापाले बाइसाईकल किक प्रहार गरेकी थिइन् । निरुको प्रहारलाई सावित्राले हेडर गरकी थिइन् । निरु र फरवार्ड सावित्रा भण्डारीमाथि ध्यान दिएका बेला अनमार्कमा रहेकी पुनमले गोल गरेकी हुन् । यस्तै सावित्रा भण्डारीले हेड मार्फत थेश्रो गोल गरेकी छन् । यो संगै नेपाल जित नजिक पुगेको छ ।यस्तै रेखा पौडेलले चौथो गोल गरेकी छन् ।
यस्तै दोश्रो गोल अनिता बस्नेतले गरेकी छन् । सुरु देखि नै आक्रमक फुटबल खेलेको नेपालले पहिलो हाफमा थुप्रै पटक पोस्ट चार्ज गरेको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७५ बुधबार ००:००  ६ : ५८ बजे