४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

नेपाल महिला साफ च्याम्पियनसिपको फाइनलमा, श्रीलंका ४–० ले स्तब्ध 



काठमाडौं । 

नेपाल महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । श्रीलंकाविरुद्धको सेमिफाइनल खेलमा ४–० को शानदार जित निकालै फाइनल स्थान तय गरेको छ । बुधबारको खेलमा नेपालका उत्कृष्ट खेलाडीहरुले गोल गरेका छन् ।

नेपालले पहिलो हाफमा १ गोल गरेको थियो भने बाँकी ३ गोल दोश्रो हाफमा गरेको थियो । पहिलो हाफको ४२ औं मिनेटमा पुनम जर्घाम गरले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन । श्रीलङ्कालाई निरन्तर दबाबमा राखेको नेपालको लागि दोश्रो हाफमा अनिता बस्नेतले ७१ औँ मिनेट, सावित्रा भण्डारी र रेखा पौडेलले गोल गरी टिमलाई फाइनलमा पुर्याएका छन् ।

यस्तै दोश्रो गोल अनिता बस्नेतले गरेकी छन् । सुरु देखि नै आक्रमक फुटबल खेलेको नेपालले पहिलो हाफमा थुप्रै पटक पोस्ट चार्ज गरेको थियो ।

सावित्राको जारी साफमा व्यक्तिगत तेस्रो गोल पनि हो । तीन गोलको अग्रता बनाएको नेपाललाई रेखा पौडेलले चौथो गोल गरेकी थिइन् । रेखाको यो पहिलो अन्तर्राष्ट्रिय गोल पनि हो ।

प्रतियोगिताअन्तर्गत आजै दिउँसो भारत र बंगलादशेबीच दोस्रो सेमिफाइनल हुने छ । नेपालले उपाधिका लागि शुक्रबार दिउँसो ३ बजे भारत र बंगलादेशबीचको विजेतासँग प्रतिस्पर्धा गर्ने छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५ बुधबार ००:००  ७ : ०९ बजे