५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

नेपाल साफ महिला च्याम्पियनसिपको फाइनल प्रवेश



विराटनगर ।
श्रीलंकालाई पराजित गर्दै नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। बुधबार पाँचौ साफ महिला च्याम्पियनसिपको सेमीफाइनलमा नेपालले श्रीलंकालाई ४-० गोल अन्तरले पराजित गरेको हो।

योसँगै नेपाली महिला टोली साफ च्याम्पियनसिपको फाइनलमा चौथोपटक पुगेको हो । विराटनगरको शहिद रंगशालामा भएको खेलमा नेपालले पहिलो हाफको अन्त्यतिर अग्रता लिएको थियो। नेपालका लागि पुनम जर्घामगरले पहिलो गोल गरेकी हुन ।

खेलको दोस्रो हाफमा नेपालले तीन गरेको थियो । नेपालका लागि ७३ औँ मिनेटमा अनिता बस्नेत, ८२ औँ मिनेटमा सावित्रा भण्डारी र ८६ औँ मिनेटमा रेखा पौडेलले गोल गरेकी हुन ।

नेपालले फाइनलमा भारत र बंगलादेशबीच आजै हुने दोस्रो सेमिफाइनलको विजेतासँग च्याम्पियनसिपका लागि प्रतिस्पर्धा गर्नेछ। साफ महिला च्याम्पियनसिपको फाइनल शनिबार हुनेछ।

प्रकाशित मिति : ६ चैत्र २०७५ बुधबार ००:००  ९ : २३ बजे