५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

साफ महिला फुटबलः उपाधिका लागि नेपाल र भारत भिड्दै



काठमाडौं । 

पाँचौँ साफ महिला फुटबल प्रतियोगिताको फाइनल खेल शुक्रबार हुँदैछ । दिउँसो ३ बजे विराटनगरस्थित शहीद रंगशालमा हुने फाइलन खेलमा नेपाल र भारतका दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । समूह ‘ए’ को विजेता नेपाल सेमिफाइनलमा श्रीलङ्का र समूह ‘बी’ को विजेता भारत बङ्गलादेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

घरेलु मैदानमा खेल आयोजना भएकाले प्रतियोगिताको उपाधि जित्ने नेपाली टोलीका प्रशिक्षक हरि खड्काले बताए । नेपाली महिला फुटबल टिमकी कप्तान निरु थापाले प्रशिक्षणबाट नेपाली टोली खारिएकाले उपाधि उचाल्ने दाबी गरिन् ।

भारतीय प्रशिक्षक मयेमल रक्कीले नेपाल बलियो टिम भएकाले सोहीअनुरुप रणनीति तयार गर्ने बताए । उनले नयाँ स्थान र परिवेश रहे पनि प्रतियोगिताको विजेता भारत हुने दाबी गरे ।

भारतीय टोलीका कप्तान आशालता देवीले नेपाल उत्कृष्ट खेलाडीको समूह भएपनि बिनातनाव प्रतियोगितामा आफ्नो खेलाडीले प्रतिस्पर्धा गर्ने बताइन् । समूह चरणको खेलमा नेपालले बङ्गलादेश, भूटान र श्रीलङ्कालाई पराजित गरेको थियो ।

प्रकाशित मिति : ८ चैत्र २०७५ शुक्रबार ००:००  २ : ४६ बजे