५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

उपाधि जिते दुईलाख दिने प्रदेश एक सरकारको घोषणा



विराटनगर ।
विराटनगरको सहिद रंगशालामा आज हुने फानइल प्रतियोगितामा विजयी भए साफ महिला फुटबल च्याम्पियनसिप नेपाली टोलीलाई जनही २ लाख नगद दिने १ नम्बर प्रदेश सरकारले निर्णय गरेको छ ।
खेलकुदलाई उच्च प्राथमिकतामा राखेको बताउँदै प्रदेश सरकारले उपाधि जिते जनही २ लाख र उपबिजेतामै सिमीत रहेपनि प्रोत्साहन स्वरुप जनही १ लाख रुपैयाँ नगद प्रदान गर्ने सरकारले निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।
नेपालमा पहिलो पटक भइरहेको अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगिताले प्रदेश–१ को मात्रै नभएर देशकै गौरव बढेको दाबी गर्दै प्रदेश सरकारले खेलाडीहरुको सम्मान तथा हौसला बढाउन शुक्रबार यस्तो निर्णय गरेको सुवेदीको भनाइ छ ।

प्रकाशित मिति : ८ चैत्र २०७५ शुक्रबार ००:००  ७ : १० बजे