५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

साफ महिला च्याम्पियनसिप फाइनलः नेपाल र भारत १-१ को बराबरी



काठमाडौँ ।

पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने लक्ष्य लिएको नेपाल डिफेन्डिङ च्याम्पियन भारतविरुद्ध पाँचौं साफ वुमेन्स च्याम्पियनसिपको फाइनलमा भिडिरहेको छ। विराटनगरस्थित सहित रंगशालामा शुक्रबार दिउँसो ३ बजेदेखि जारी खेलमा नेपाल र भारत १(१ को बराबरी छ । भारतको तर्फबाट खेलको २६ औं मिनेटमा डालिमा चिबरले फ्रिकिकमार्फत गोल गरेर टिमलाई अग्रता दिलाएकी थिइन् भने नेपालका लागि ३३ औं मिनेटमा सावित्रा भण्डारीले १ गोल फर्काएकी हुन् ।

नेपाली महिला टिमका लागि घरेलु भूमिमा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । खेलाडीलाई घरेलु मैदान र दर्शकको साथ छ । कप्तान निरु थापाका अनुसार प्राविधिक रूपमा अहिलेको टिम उत्कृष्ट पनि छ । यो साफका तीनै खेलमा गोल गरेकी सावित्रा भण्डारीलाई दक्षिण एसियाकै उत्कृष्ट फरवार्ड मानिन्छ ।

विंगर अनिता बस्नेत, मिडफिल्डर रेनुका नगरकोटे र डिफेन्डर गीता राना, हिराकुमारी भुजेल उत्कृष्ट लयमा छन् । भारतलाई हराएर ऐतिहासिक उपाधि जित्न सजिलो भने हुनेछैन । छिमेकी भारत चिरपरिचित प्रतिद्वन्द्वी हो । नेपालले दक्षिण एसियालीस्तरको प्रतियोगितामा पराजित गर्न हम्मे परेको टिम भारत नै हो ।

नोभम्बर, २०१९ मा यांगुनमा भएको ओलम्पिक छनोटको प्रारम्भिक चरणमा नेपालले भारतविरुद्ध १–१ को बराबरी गरेको थियो । गत महिना हिरो वुमेन्स गोल्डकपको समूह चरणमा भारतलाई उसैको घरेलु मैदान ९भुवनेश्वर० मा २–१ ले हरायो । त्यो नै भारतविरुद्ध नेपालको पहिलो जित थियो । त्यसअघि भारतसँग ७ हार र २ बराबरी नतिजा बेहोरेको थियो ।

प्रकाशित मिति : ८ चैत्र २०७५ शुक्रबार ००:००  १० : ०५ बजे