२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

नेपालविरुद्ध भारत २–१ ले अगाडि



काठमाडौँ ।
साफ च्याम्पियनसिपको उपाधि भिडन्तमा भारतले अग्रता लिएको छ। भारतका लागि खेलको ६२ औं मिनेटमा ग्रेस डाङमाले गोल गर्दै २–१ को अग्रता दिलाएकी हुन्।

पहिलो हाफ गोलरहित भएको खेलमा नेपालले भारतलाई दबाबमा राखेपनि फेरि पछि परेको छ। यसअघि पहिलो हाफमा पछि परेको नेपालका लागि सावित्रा भण्डारीले गोल गर्दै बराबरी गरेकी थिइन्।

भारत लगातार पाँचौ पटक उपाधि जित्ने दाउमा छ भने नेपाल पहिलो पटक उपाधि जित्दै यसअघि फाइनलमा भारतसँग व्यहोरेको हारको बदला लिँदै इतिहास लेखाउने लक्ष्यमा रहेको छ।

यसअघि तीन पटक साफको फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो।

समूह ‘ए’ को विजेता नेपाल सेमिफाइनलमा श्रीलङ्का र समूह ‘बी’ को विजेता भारत बङ्गलादेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
समूह चरणको खेलमा नेपालले बङ्गलादेश, भूटान र श्रीलङ्कालाई पराजित गरेको थियो।

प्रकाशित मिति : ८ चैत्र २०७५ शुक्रबार ००:००  १० : ४८ बजे