५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मेस्सीलाई राष्ट्रिय टिम फापेन, फेरि हारे, रोनाल्डो बराबरीमा



एजेन्सी ।
राष्ट्रिय टिममा त्यति सुखद अनुभव समेट्न नपाएका स्टार स्ट्राइकर लियोनल मेस्सीको यो पटकको राष्ट्रिय टिम पुनरगामगन पनि सुखद रहेन । गएको वर्ष रुसमा भएको विश्वकप फुटबलमा अर्जे्न्टिना अन्तिम १६ बाटै बाहिरिएपछि राष्ट्रिय टिमबाट टाढा रहँदै आएका मेस्सी झण्डै वर्ष दिनपछि राष्ट्रिय जर्सीमा देखिएका छन् । भेनेजुएलासँगको अन्तर्रा्ष्ट्रिय मैत्रीपूर्ण खेलबाट उनले राष्ट्रिय टिममा पुनरागमन गरेका हुन् । शुक्रबार राति भएको खेलमा मेस्सीसहितको अर्जे्न्टिना भेनेजुएलासँग ३–१ ले पराजित भएको छ ।

यस्तै साबिक विजेता पोर्चुगलले यरोपक २०२० का लागि सुरुभएको छनौटमा जितसहितको सुरुवात गर्न सकेन । गएको वर्ष रुसमा भएको विश्वकप फुटबलपछि राष्ट्रिय टिमबाट बाहिर रहेका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो राष्ट्रिय जर्सीमा मैदान फर्किएको पहिलो खेलमा पोर्चुगल गोल रहित बराबरीमा रोकिएको हो । युरोकप फुटबलको छनौट अन्तर्गत शुक्रबार राति भएको समूह बी को खेलमा घरेलु टोली पोर्चुगल युक्रेनसँग गोलरहित बराबरीमा रोकिन बाध्य भएको हो ।

विश्वकप फुटबलमा अन्तिम १६ बाट बाहिरिएपछिका ६ अन्तर्रा्ष्ट्रिय खेलमा पोर्चुगल रोनाल्डो बिना मैदान उत्रिएको थियो ।उता विश्व विजेता फ्रान्सले युरोकप फुटबल २०२० को छनौट चरणमा विजयी सुरुवात गरेको छ । युरोकपको साबिक उपविजेता फ्रान्सले समूह एच अन्तर्गत शुक्रबार राति भएको खेलमा माल्डोभामाथि ४–१ को सहज जित दर्ता गरेको हो ।शुक्रबार राति नै भएका अरु मैत्रीपूर्ण खेलमा अमेरिकाले इक्वेडर, कोलम्बियाले जापान तथा दक्षिण कोरियाले बोलिभियालाई समान १–० ले हराएका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७५ शनिबार ००:००  २ : ३२ बजे