११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

तिलोत्तमा पर्यटनमैत्री नगर, योगिकुटीदेखि मणिग्रामसम्म राखियो बुद्धमूर्ति



बुटवल । 

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पर्यटक आगमन बढाउन बेलहिया–बुटवल छ लेन सडक अन्र्तगत योगिकुटीदेखि मणिग्रामसम्म बुद्ध मूर्ति राखेको छ । प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल बनाउन र तिलोत्तमा नगरलाई पर्यटनमैत्री बनाउन बैशाख १ गते योगिकुटीबाट बुद्धमुर्ति राख्ने अभियानको शुभारम्भ गरीएको थियो ।

प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लिला गिरीले बैशाख १ गते योगिकुटीमा एउटा बुद्धमूर्तिको अनावरण गरी शुभारम्भ गरीएकोमा योगिकुटीदेखि मणिग्राम कफि कम्पनीसम्म दुर्य दुई सय मिटरो दुरीमा २२ वटा बुद्धमूर्ति स्थापना गरी आज बुद्धपूर्णिमाका दिन सबै बुद्धमूर्ति अनावरण गरीएको छ ।

तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरीदेबि चौधरीले आज सबै बुद्धमूर्तिको अनावरण गर्नु भएको छ । अनावरण पश्चात बोल्दै उपप्रमुख चौधरीले लुम्विनी नजिकै रहेको तिलोत्तमालाई पर्यटकीय क्षेत्रका रुपमा बिकास गर्न नगरपालिकाले पहिलो चरणमा सिद्धार्थ राजमार्गमा बुद्धमूर्ति राख्ने कार्य सरु गरेको बताउनु भयो ।

उहाले तिलोत्तमामा पर्यटनको सम्भावना बोकेका सबै ठाउको प्रचार प्रसार र बिकासलाई पनि नगरपालिकाले प्राथमिकतामा राखेर आगामी दिनमा योजना बनाई बजेट बिनीयाृजन गर्ने बताउनु भयो ।

नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बुद्धले लुम्बिनीमा जन्मेर विश्वभर शान्तिको सन्देश प्रवाह गरेकाले यसको प्रचारमा सहयोग पुगोस् भन्नका लागि पनि नगरपालिकाले यो अभियान सुरु गरेको बताउनुभयो ।

प्रकाशित मिति : ५ जेष्ठ २०७६ आइतबार ००:००  ८ : ४३ बजे