२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

बलात्कारको आरोपमा दुई युवक पक्राउ



सोलुखुम्बु ।
प्रहरीले सोलुखुम्बुका छुट्टाछुट्टै स्थानमा दुई जनालाई पक्राउ गरेको छ। बालिका बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। १२ वर्षकी बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा सोलुदूधकुण्ड नगरपालिका ५ बस्ने २५ वर्षीय सुशील तामाङलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीका अनुसार सोमबार साझ ६स्३० बजेको समयमा आरोपित युवकले परिवर्तित नाम ’सगरमाथा १ डि वान’लाई फकाइफुल्याई बाइकमा राखेर शेर्गाखोप जगंलमा लगी जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख गरिएको छ। बालिकाको परिवारले दिएको जाहेरीको आधारमा सोमबार साझ नै सल्लेरीबाट आरोपित युवकलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। पीडित बालिकाको जिल्ला अस्पताल फाप्लुमा स्वास्थ्य परीक्षण गरि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १० असार २०७६ मंगलबार ००:००  ४ : ३७ बजे