२१ असार २०८३, आइतबार | Sun Jul 5 2026

अछाममा ट्रयाक्टर दुर्घटना, तीन विद्यार्थीको मृत्यु



अछाम ।
अछाममा ट्रयाक्टर दुर्घटना हुँदा तीन जना विद्यार्थीको मृत्यु भएको छ। चार जना घाइते भएको अछाम प्रहरीले जनाएको छ। अछामको चौरपाटी गाउँपालिका २ मूलीगाउँमा बुधबार बिहान से १ त ७८३९ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा तीन विद्यार्थीको मृत्यु भएको हो। चौरपाटी गाउँपालिका २ का दशपल्ले माविबाट यो वर्ष एसईई परीक्षा दिएका रमेश साउद, कक्षा ९ मा अध्ययनरत लक्ष्मी साउद र कक्षा ८ मा अध्ययनरत काली साउदको मृत्यु भएको शिक्षक लोकबहादुर बोगटीले जानकारी दिए। ट्रयाक्टर चालकले भने हाम फालेर ज्यान जोगाएका छन्। बालुवा लिन सेती नदीतर्फ गइरहेको ट्रयाक्टर सडकको ढु‌गामा ठोक्किएर पल्टिएको हो।

प्रकाशित मिति : ११ असार २०७६ बुधबार ००:००  ११ : ५६ बजे