८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

भोटेकोशीको बाढीले २ जना बगायो, एक घाइते



सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ मा निर्माणधिन शीवश्री हाइड्रोपावरमा कार्यरत दुई जना बेपत्ता भएका छन् भने एक घाइते भएका छन्। शनिबार रातिको अविरल बर्षापछि भोटेकोशी नदीमा आएको बाढीले बगाउँदा उनीहरु बेपत्ता भएको जिल्ला प्रहरी कार्यलयका डिएपी माधव काफ्लेले बताए। प्रहरी घटनास्थलतर्फ जाँदै गरेको र यसबारेमा थप विवरण आउँन बाँकी रहको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २२ असार २०७६ आइतबार ००:००  ९ : ३४ बजे