८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

युवक–युवती होटलको कोठामा झुण्डिएको अवस्थामा फेला



दार्चुला ।
महाकाली नगरपालिका–४ खलंगा बजारमा रहेको विष्ट बियर बारको एक कोठामा एक युवक र एक युवती झुण्डिएको अवस्थामा फेला परेका छन्। शैल्यशिखर नगरपालिका–५ का करिब २८ वर्षीय महादेव डागा र मालिकार्जुन–४ औतालेककी करिब २२ वर्षीया मनिषा रावल पङ्खामा झुण्डिएको अवस्थामा फेला परेका हुन्। उनीहरुले सोमवार राति ८ बजे खाना खाएर बिहान चाँडै उठाइदिनु भनेर कोठामा गएको होटल सञ्चालक जानकी विष्टले बताइन्।
उनले भनिन्, ‘बिहानै उठाउन जाँदा ढोका खोलेनन्, झेन्टिलेसनबाट हेर्दा झुण्डिएको देखिएपछि प्रहरीलाई खबर गरेँ।’ घटनाको जानकारी पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी दीपेन्द्र शाही घटना स्थल पुगेका छन्। घटना स्थलको अध्ययनपपछि आफन्तलाई खबर गर्ने र पोष्टमार्टमका लागि जिल्ला अस्पताल लैजाने तयारी भइरहेको कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक हिम्मतबहादुर बोहराले जानकारी बताए। मृतकहरु दाजुबहिनी नाता पर्ने स्थानीयले बताएका छन्। मनिषाको दुई महिनाअघि विवाह भएको थियो।

प्रकाशित मिति : २४ असार २०७६ मंगलबार ००:००  ९ : ५७ बजे