२० बैशाख २०८१, बिहिबार | Fri May 3 2024

ग्रिजम्यानले छाडे एथ्लेटिको मड्रिड, गए बार्सिलोना



एजेन्सी ।
एन्टोनी ग्रिजम्यान स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनामा अनुबन्धित भएका छन् । बार्सिलोनाले ला लिगा क्लब एथ्लेटिको मड्रिडलाई १२० मिलियन युरो तिरेर फ्रान्सेली खेलाडी ग्रिजम्यानलाई क्लब भित्र्याएको हो ।
२८ वर्षका ग्रिजम्यानले बार्सिलोनासँग पाँच वर्षको सम्झौता गरेका छन् । बार्सिलोनाले उनको रिलिज क्लज ८०० मिलियन युरो कायम गरेको छ ।
ग्रिजम्यानले सन् २०१८ को जुनमा एथ्लेटिकोसँग पाँच वर्षको नयाँ सम्झौता गरेका थिए, तर यो वर्षको मे मा उनले सिजन सकिएसँग क्लब छोड्ने बताए । एथ्लेटिको मड्रिड बार्सिलोनाले एन्टोनीलाई गरेको प्रस्तावप्रति असन्तुष्ट छ र उसले १२० मिलियन युरो अपुग भएको पनि बताएको छ ।
ग्रिजम्यान अब विश्वका सर्वाधिक महंगा फुटबल खेलाडीको सूचिमा छैटौँ नम्बरमा परेका छन् । उनी नेइमार, केलियन एम्बाप्पे, फिलिप कोन्टिन्हो, जोएओ फेलिक्स र उसमान डेम्बेले भन्दा पछि छन् ।
बार्सिलोनाले शुक्रबार ग्रिजम्यानलाई अनुबन्धित गर्ने बताए लगत्तै एथ्लेकोले उनको बाइआउट क्लज २०० मिलियन युरो हुनु पर्ने बतायो । ग्रिजम्यानको रिलिज क्लब जुलाई १ मा १२० मिलियन युरोमा झारिएको हो ।
ग्रिजम्यान सन् २०१४ मा रियल सोसिडाडबाट एथ्लेटिकोमा अनुबन्धित भएका थिए । उनले एथ्लेटिकोबाट २५६ खेलमा १३३ गोल गरेका छन् ।

प्रकाशित मिति : २८ असार २०७६ शनिबार ००:००  ६ : ५० बजे