२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

नेपालद्धारा मलेसिया ७ विकेटले पराजित



काठमाडौं ।
नेपालले मलेसियाविरुद्ध पहिलो खेलमा ७ विकेटको जित दर्ता गरेको छ । योसँगै नेपालले दुई टी ट्वान्टी सिरिजमा १–० को अग्रता लिएको छ । नेपालले दोस्रो खेल भोली खेल्ने छ । टी ट्वान्टीआईमा यो विकेटका हिसावले नेपालको सर्वाधिक ठूलो जित पनि हो । १ सय २९ रनको विजयी लक्ष्य नेपालले १८.३ ओभरमा पुरा गर्यो ।
नेपालको जितमा कप्तान पारस खड्काले ८६ रनमा अविजित रहे । पारस ५० बलमा ८ चौका र ५ छक्का प्रहार गरे । टी ट्वान्टी अन्तर्राष्ट्रिय(आई) खेलमा नेपालकोतर्फबाट पारस एकै खेलमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । पारसले सन् २०१४ को टी ट्वान्टी विश्वकपमा सुवास खकुरेलको सर्वाधिक ५६ रन रेकर्ड तोडेका हुन् । त्यस्तै सरद भेषवाकर १६ रनमा अविजित रहे । पारसले ३२ बलमा आफ्नो टी ट्वान्टी अन्तर्रा्ष्ट्रिय (आई) दोस्रो अर्ध शतक पुरा गरेका थिए ।
पाँचौ ओभरको तेस्रो बलमा ठूलो सर्ट खेल्ने धुनमा बाउन्ड्री लाइन नजिकै अनवार रहमानबाट ८ रनमा क्याच आउट हुन पुगे । प्रदीपले १७ बलमा १ छक्का प्रहार गरे । १० औं ओभरको अन्तिम बलमा २० बलमा ७ रन बनाई खेली रहेका ज्ञानेन्द्र मल्ललाई अनवार रहमानले बोल्ड आउट गरे । अनवार रहमानलेनै १२ ओभरको तेस्रो बलमा रोहित कुमार पौडेललाई ५ रनमा एलवी डब्लू आउट गराए ।
त्यसअघि किनारारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धा्रित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २८ रन बनायो । उसका लागि ओपनर विरनदीपले सर्वा्धिक ५७ रनको महत्वपूर्ण योगदान दिए ।
वसन्त रेग्मीको १५ ओभरको दोस्रो बलमा ठूलो सट खेल्ने धुनमा बाउन्ड्रीलाइन नजिकै प्रदीप ऐरीले क्याच गर्नु अघि ४९ बलमा ७ चौका १ छक्का प्रहार गरे । त्यस्तै कप्तान अहमद फैजले ४५ रनको योगदान दिए । अन्तिम ओभरको दोस्रो बलमा ललित नारायण राजवंशीबाट क्याच आउट हुनुअघि ३९ बलमा २ छक्का प्रहार गरे ।
सोमपाल कामीले पहिलो ओभरको पाँचौ बलमा ओपनर सैद अजिजलाई शुन्यमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाएका थिए । सन्दीपले लामिछानेले सातौं ओभरको पहिलो बलमा फ्रिती सामलाई १२ रनमा करण केसीबाट क्याच आउट गराए । चौथो विकेटका लागि बसन्त रेग्मिले १७ ओभरको चौथो बलमा सफिक सरिफलाई २ रनमा आफैं क्याच आउट गरे ।
मोहम्मद सियाहदत ८ रनमा बोल्ड आउट भए । राम्रो सुरुवात गरेको मलेसिया अन्तिम ५ ओभरमा ३२ रन जोड्न ६ विकेट गुमाएपछि विशाल योगफल बनाउन चुकेको हो । नेपालका लागि करण केसीले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । वसन्तले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछानले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले १ विकेट लिए ।

प्रकाशित मिति : २८ असार २०७६ शनिबार ००:००  १० : ५६ बजे