३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

एथलेटिको मड्रिडड विजयी, चेल्सी बराबरीमा, पिएसजिको हार



मायादेवी अनलाइन, कपिलवस्तु ।
विश्व क्लव फुटवलमा गयराति बिभिन्न शीर्ष क्लवले खेल खेलेका छन् । जसमा स्पेनिस क्लव एथलेटिको मड्रिड सिजनको पहिलो खेलमा विजयी भयो पिएसजी पराजित भयो । यस्तै चेल्सीले बराबरी खेलेको छ ।
लिग अन्तर्गत आइतबार राति भएको खेलमा एथ्लेटिको मड्रिडले गेटाफेलाई पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको १–० ले विजयी भयो । उसको जितमा २३ औँ मिनेटमा अल्भारो मोराटाले गरेको गोल नै निर्णायक बन्यो । स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति नै भएका खेलमा एलाभेसले लेभान्टेलाई १–० तथा सेभिल्लाले स्पानियोललाई २–० ले पराजित गरेको छ ।

यस्तै इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी बराबरीमा रोकिएको छ । पहिलो खेलमा हार भोगेको चेल्सीले गयराति जित निकाल्न सकेन । घरेलु मैदानमा भएको खेलमा चेल्सी लेस्टर सिटीसँग १–१ को बराबरीमा रोकिएको हो । खेलको सुरुमै अग्रता लिएर पनि चेल्सीले त्यसलाई जोगाउन सकेन । जित निकाल्नका लागि फ्र्यांक लाम्पार्डलाई अझै पर्खनु पर्ने भएको छ ।खेलको सुरुमै अग्रता लिएर पनि चेल्सीले त्यसलाई जोगाउन सकेन ।

सातौँ मिनेटमा मेसन माउन्टले गोल गरेर टिमलाई सुरुवाति अग्रता दिलाएका हुन् । पहिलो हाफमा पछि परेको लेस्टरले दोस्रो हाफमा गोल गर्दै बराबरी गरेको हो । लेस्टरका लागि ६७ औँ मिनेटमा एनडिडीले गोल गरेका हुन् । बराबरीपछि चेल्सीले लिगमा पहिलो अंक जोडेको छ ।

प्रिमियर लिग अन्तर्गत आइतबार राति नै भएको खेलमा शेफिल्ड युनाइटेडले क्रिष्टल प्यालेसलाई पराजित गरेको छ । शेफिल्डले क्रिष्टला प्यालेसलाई १–० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा शेफिल्डको जितमा ४७ औँ मिनेटमा जोन लुण्डस्ट्रोमले गोल गरेका हुन् ।

उता  नेइमार बिनाको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वान फुटबलको यो सिजनको दोस्रो खेलमै पराजित भएको छ ।पहिलो खेलमा नेइमार बिना मैदानमा गए पनि जित दर्ता गरेको पिएसजी आइतबार राति भएको यो सिजन लिगको दोस्रो खेलमा रेनेससँग पराजित भएको हो ।अवे मैदानमा भएको खेलमा पिएसजी रेनेससँग २–१ ले पराजित भएको हो । एडिन्सन काभानीको गोलबाट सुरुवाति अग्रता लिए पनि पिएसजीले अप्रत्यासित हार टार्न सकेन ।

प्रकाशित मिति : २ भदौ २०७६ सोमबार ००:००  ९ : २५ बजे