८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

रोनाल्डोका लागि सन् २०१८ सबैभन्दा खराब वर्ष



एजेन्सी ।
युभेन्टस्का स्ट्राइकर तथा पोर्चुगल राष्ट्रिय टिमका खेलाडी क्रिस्टियानो रोनाल्डोले सन् २०१८ आफ्नो करियरकै सबैभन्दा खराब वर्ष भएको बताएका छन् ।
आफूविरुद्ध लागेको बलात्कारको आरोपले आफ्नो आदर्शमा आँच पुगेको हुँदा सन् २०१८ आफ्ना लागि सबैभन्दा खराब वर्ष साबित भएको रोनाल्डोले बताएका छन् ।
रोनाल्डोविरुद्ध १० वर्षअघि लस भेगासमा एक महिलामाथि बलात्कार गरेको आरोप लागेको थियो । तर आपराधिक आरोपको सामना गरेपछि जाँचका क्रममा ती महिलाको दाबी विफल भएपछि रोनाल्डो निर्दोष साबित भएका थिए ।
सन् २०१८ मा क्याथरिन मायोर्गा नाम गरेकी एक महिलाले सन् २००९ मा रोनाल्डो छुट्टी मनाउन गएको समयमा दुई जनाको भेट भएको र आफूसँग जबर्जस्ती गर्ने प्रयास गरेको बताएकी थिइन् ।
पोर्चुगलको टेलिभिजन टीभीआईलाई दिएको अन्तर्वार्तामा रोनाल्डोले भने, ‘व्यक्तिगत रुपमा भन्दा सन् २०१८ मेरा लागि सबैभन्दा खराब वर्ष थियो ।’ ‘जब मानिसहरुले कसैको आदर्शमाथि प्रश्न उठाउँछ तब त्यसले दुख्छ, धेरै दुख्छ’, रोनाल्डोले थपे ।  अन्त्यमा रोनाल्डोले आफू निर्दोष साबित हुँदा आभारी र गौरवान्वित भएको बताए ।

प्रकाशित मिति : ५ भदौ २०७६ बिहिबार ००:००  २ : ४७ बजे