१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

कराते खेलाडीलाई व्यापार संघ कपिलवस्तुद्वारा सम्मान



दिपक खड्का, चन्द्रौटा ।

कपिलवस्तु व्यापार संघले कराते खेलाडीलाई एक कार्यक्रमका बीच सम्मान गरेको छ । कार्यक्रममा बोल्दै जिल्ला खेलकुद विकास समितिका सचिव मिन प्रसाद पोखरेल भारतको हरियाण गुरुग्राममा भएको कराते प्रतियोगितामा खेलाडीहरुले १२ वटा पदक जितेको बताउनुभयो । सम्मान कार्यक्रममा बोल्दै नेकपा शिवराज नगर कमिटिका सचिव जगत पौडेलले आफुले धैरे पहिले देखि खेलाडी किरण पौडेललाई खेल खेल्दै गरेको देखेको भन्दै आज पदक जितेर आएको सुनेपछि आफुलाई खुसि लागेको बताउनुभयो ।

पौडेलको खेलले शिवराज नगरपालिमा कराते खेल प्रति खेलाडीहरुको चासो बढेको बताउनुभयो । शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले खेललाई आफुले पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।

कराते खेलाडीहरुले भारतको हरियाणमा शिवराज नगरपालिका र नेपालको नाम चिनाउन सफल भएकोमा बधाई दिनुभयो । कार्यक्रममा शिवराज नगरपालिका उपमेयर शिवकुमारी थारुले यस क्षेत्रका कराते खेलाडीले कपिलवस्तु र नेपालको समेत सिरठाडो बनाएकोले सम्पुर्ण खेलाडीलाई धन्यवाद दिदै शिवराज नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलले खेलकुदले व्यतिmमा सकारत्मक सोचको विकास गर्ने भएकोले खेल राष्ट्रको गहना भएको बताउनुभयो । खेलले किशोरहरुको स्वास्थ्य र मानव जिवनमा ठुलो परिर्वतन ल्याउने बताउनुभयो । खेलाडीहरुलाई हौसला प्रदान गर्न सम्मान कार्यव्रmमको आयोजना गरिएको हो । सम्मान कार्यव्रmमको संचालन गोपाल बन्जाडेले गर्नुभएको थियो ।

प्रकाशित मिति : १० भदौ २०७६ मंगलबार ००:००  ७ : ३२ बजे