८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

सिपिएलः क्रिस गेलको बाइसौँ टी -२० शतक



एजेन्सी ।
क्यारेबियन प्रिमियर लिग सीपीएल मा जमैका थालावाज र सेन्ट किट्स एन्ड नेभिस प्याट्रियाट्सबीच भएको खेलमा धेरै रेकर्ड तोडिएका छन्। जमैकाले २० ओभरमा चार विकेट गुमाएर २४१ रन बनायो। क्रिस गेलले ७ चौका र १० छक्काको मद्दतमा ६२ बल खेल्दै ११६ रन बनाउन सफल भए। यो उनको टी-२० करियरको बाइसौँ सतक हो। जवाफमा सेन्ट किट्सले १८.५ ओभर ६ विकेट गुमाउँदै लक्ष्य भेट्टायो। यो टी-२० इतिहासमै दोस्रो बढी लक्ष भेट्टाएको खेल हो। डेवन थोमसले ७१ रन बनाए। खेलमा दुवै टिमले कुल ३७ छक्का हाने। यो कुनै पनि टी-२० क्रिकेट म्याचमा नयाँ रेकर्ड हो। टी-२० मा कुनै पनि अरू खेलाडीले क्रिस गेलको आधा पनि सतक हान्न सकेका छैनन्। उनले २२ सतक हान्दा अस्ट्रेलियाका माइकल क्लिन्जरले ८ र अस्ट्रेलियाकै एरोन फिन्चले ७ वटा सतक हानेको रेकर्ड छ।

प्रकाशित मिति : २६ भाद्र २०७६ बिहिबार ००:००  २ : ३० बजे