८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

बंगलादेश प्रिमियर लिग बीपीएल अब नहुने



एजेन्सी ।
बंगलादेश प्रिमियर लिग बीपीएल अबदेखि आयोजना नहुने भएको छ । बंगलादेश क्रिकेट बोर्डले बीपीएललाई खारेज गर्दै टी–२० टुर्नामेन्ट आयोजना गर्ने जनाएको छ ।
बंगलादेश क्रिकेट बोर्ड र फ्रेन्चाइज टिमबीच भएको बैठकमा कुरा नमिलेपछि बोर्डले बीपीएल गर्न अनुमति नदिने निर्णय गरेको अध्यक्ष नजमुल हसनले बताए । बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष हसनले फ्रेन्चाइज टिमलाई नयाँ सम्झौता गर्न आग्रह गर्दा उनीहरुले अस्वीकार गरेकाले यस्तो निर्णयमा पुगेको बताए ।
यस पटकदेखि बीपीएलको साटो अस्ट्रेलियाको बिग बास लिगको मोडेलमा खेल सञ्चालन हुनेछ । टी-२० टुर्नामेन्ट बंगलादेशका राष्ट्रपिता शेख मुजीबर रहमानको १०० औंँ जन्म जयन्तीको अवसरमा आयोजना गरिने जनाइएको छ ।
गएको संस्करणको बीपीएलको उपाधि कोमिल्ला भिक्टोरियनले जितेको थियो । बीपीएलमा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने सिलेट सिक्सर्सबाट खेलेका थिए ।
यस्तै ‘हम अगमिन टी–२०’ को पनि नाम परिवर्तन गरेर अबदेखि बंगबन्धु टी–२० राख्ने निर्णय गरिएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७६ शुक्रबार ००:००  ९ : ३० बजे