९ जेष्ठ २०८१, बुधबार | Wed May 22 2024

नेपाल ओलम्पिक कमिटीमा जीवनराम श्रेष्ठ, उमेशलाल पराजित



काठमाडौं । 

जीवनराम श्रेष्ठको अध्यक्षतामा नेपाल ओलम्पिक कमिटीमा नयाँ कार्यसमित चयन भएको छ । आज भएको निर्वाचनले जीवनराम श्रेष्ठ नेतृत्वमा नयाँ कार्यसमित चयन गरेको हो ।

निर्वाचनमा जीवनरामले प्रतिस्पर्धी उमेशलाल श्रेष्ठलाई पराजित गरेका हुन् । जीवनरामले १७ भोट पाउँदा उमेशलालका पक्षमा १० भोट खसेको थियो ।  उपाध्यक्षमा ज्याति राणा, सुनीलकुमार श्रेष्ठ, तेजबहादुर गुरुङ, अशोकरत्न बज्राचार्य र चतुराान्द राज बैध निर्वा्चित भएका छन् ।

महासचिवमा निलेन्द्ररा श्रेष्ठ निर्वा्चित भएका छन् । १५ भोट ल्याएर उनी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी पुरेन्द्रविक्रम लाखेले १२ भोट प्राप्त गरेका छन् । श्रेष्ठ जीवनराम श्रेष्ठ पक्षका हुन् ।

कोषाध्यक्षमा रतन टन्डन विजयी हुँदा उपमहासचिवमा पिताम्बर तिम्सिना निर्वा्चित भएका छन् । सचिवमा दीपकहर्ष बज्राचार्य, रामजीबहादुर श्रेष्ठ र तुलसी थापा विजयी भएका छन् ।

सदस्यमा दीर्घबहादुर केसी, रमेशकुमार शिवाकोटी, होमबहादुर दोङ, गोपाल सुन्दरलाल कक्षापति, प्रकाश सम्शेर राणा, राम अवाले र टासी घले विजयी भएका छन् । भदौ २० गते सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण स्थगित भएको निर्वाचन आज भएको थियो ।

प्रकाशित मिति : २८ भाद्र २०७६ शनिबार ००:००  ५ : ५७ बजे