८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

माने र सलाहाको गोलमा लिभरपुल विजयी



एजेन्सी ।

साबिक उपविजेता लिभरपुलले यो सिजन इंग्लिस प्रिमियर लिग फुटबलमा राम्रो प्रदर्शन गर्दै आएको छ । उसले लगातार जितको यात्रा कायम राखेको छ ।

लिग अन्तर्गत शनिबार राति भएको खेलमा लिभरपुलले न्युक्यासल युनाइटेडलाई ३–१ ले पराजित गरेको हो । यो सिजनको पाँचौँ खेलमा जित निकाल्ने क्रममा लिभरपुलका लागि साडिओ मानेले दुई तथा मोहम्मद सालहले एक गोल गरे । न्युक्यासलका लागि जेट्रो विलेम्सले एक गोल गरेका हुन् ।

सातौँ मिनेटमा विलेम्सको गोलबाट न्युक्यासलले सुरुवाति अग्रता लियो । २८ औँ मिनेटमा मानेले लिभरपुलका लागि बराबरी गोल फर्काए । ४० औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गरेपछि लिभरपुलले पहिलो हाफमा २–१ को अग्रता लियो । ७२ औँ मिनेटमा सालहले गोल गरेपछि लिरभपुल ३–१ ले विजयी भयो ।

जितपछि शीर्ष स्थानको लिभरपुलको पाँच खेलबाट १० अंक भएको छ । उ दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा पाँच अंकले अघि छ । गएको सिजनको पछिल्ला ९ र यो सिजनका पाँच गरी लिभरपुल लगातार १४ खेलमा विजयी भएको छ । पराजित भएको न्युक्यासल भने चार अंकसहित सत्रौँ स्थानमा छ ।

प्रकाशित मिति : २९ भाद्र २०७६ आइतबार ००:००  ६ : ३५ बजे