८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

युनाइटेड, लिभरपुल, बार्सा, रियल र पिएसजिले जिते, सिटी र एथलेटिको पराजित



एजेन्सी ।
विश्व क्लव फुटवलमा शनिबार राति भएका खेलमा केही शीर्ष क्लवले जित हासिल गर्दा केही केशी शीर्ष क्लवले भने हार ब्यहोरेका छन् । स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोना विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियामाथि ५–२ को शानदार जित दर्ता गरेको हो । बार्सिलोनाको जितमा लुइस स्वारेजले दुई गोल गरे भने एन्सु फाती, फ्रेन्की डी जोङ्ग र जेरार्ड पिकेले एक एक गोल गरे ।

खेलको दोस्रो मिनेटमा नै १६ वर्षका फातीले गोल गर्दै बार्सिलोनालाई सुरुवाति अग्रता दिलाए । उनी बार्सिलोनाबाट पहिलो पटक ला लिगामा खेलको सुरुदेखि नै प्रतिस्पर्धामा सहभागी भएका हुन् । उनले पहिलो खेलमै गोल गरेका छन् ।
यस्तै स्पेनिस ला लिगामा रियल मड्रिड विजयी हुँदा शीर्ष स्थानको एथलेटिको मड्रिड पराजित भयो । भएको छ । घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले लेभान्टेलाई ३–२ ले पराजित गरेको हो । रियल मड्रिडको जितमा करिम बेन्जिमाले दुई तथा कासेमिरोले एक गोल गरे ।

शीर्ष स्थानको एथ्लेटिको मड्रिड भने शनिबार राति भएको खेलमा रियल सोसिडाडसँग पराजित भयो । अवे मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिड २–० ले पराजित भएको हो । पराजित भए पनि ९ अंकसहित उ शीर्षस्थानमा कायम छ ।

अर्को खेलमा भिल्लारियलले लेगानेसलाई ३–० ले पराजित गरेको छ।

उता इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा टोटनह्यामले शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा माउरिसिओ पोकेटिनोको टिम टोटनह्यामले क्रिष्टल प्यालेसलाई ४–० ले पराजित गरेको हो । उसले चारै गोल पहिलो हाफमै गरेको हो ।

यस्तै साबिक उपविजेता लिभरपुलले पनि गयराति जित निकाल्यो । यो सिजन इंग्लिस राम्रो प्रदर्शन गर्दै आएको उसले लगातार जितको यात्रा कायम राखेको छ । राति भएको खेलमा लिभरपुलले न्युक्यासल युनाइटेडलाई ३–१ ले पराजित गरेको हो ।
यो सिजनको पाँचौँ खेलमा जित निकाल्ने क्रममा लिभरपुलका लागि साडिओ मानेले दुई तथा मोहम्मद सालहले एक गोल गरे । न्युक्यासलका लागि जेट्रो विलेम्सले एक गोल गरेका हुन् ।

लिग अन्तर्गत शनिबार राति नै भएको खेलमा म्यानचेस्टर युनाइटेड पनि विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई १–० ले पराजित गरेको हो ।म्यानचेस्टर युनाइटेडको जितमा आठौँ मिनेटमा पाएको पेनाल्टीमा मार्कश राशफोर्डले गोल गरे । चौथो स्थानमा पुगेको म्यानचेस्टर युनाइटेडको पनि अंक नै भएको छ ।

उता साबिक विजेता म्यानचेस्टर सिटीले यो सिजन इंग्लिस प्रिमियर लिग फुटबलमा खासै राम्रो नतिजा निकाल्न सकेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा तुलनात्मक रुपमा कमजोर मानिएको नर्विच सिटीसँग पराजित भएको छ । अवे मैदानमा भएको खेलमा पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटी ३–२ ले पराजित भएको हो । पहिलो हाफमा दुई गोल गरेर एक गोल खाएको नर्विचनले दोस्रो हाफमा एक गोल ग¥यो र एक गोल नै खायो ।

उता बार्सिलोना फर्किने लामो तर असफल प्रक्रियापछि नेइमार अन्ततः पेरिस सेन्ट–जर्मेन (पिएसजी) को जर्सीमा मैदान फर्किएका छन् । उनी फ्रेन्च लिग वान फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा पिएसजीको टिममा थिए ।उनलाई पिएसजीका समर्थकले नै अस्वीकार गरेको संकेतमा हल्लाखल्ला मच्चाए, उनी विरुद्ध नाराबाजी गरे । तर नेइमारले आफ्नो खेलको लय छोडेनन् र गोल गरे । घरेलु मैदानमा भएको खेलमा पिएसजी स्ट्रासबर्गमाथि १–० को जित निकाल्न सफल भयो । पिएसजीको जितका लागि नेइमारले इन्जुरी समयमा गोल गरेका हुन् ।

प्रकाशित मिति : २९ भाद्र २०७६ आइतबार ००:००  ८ : २१ बजे