९ जेष्ठ २०८१, बुधबार | Wed May 22 2024

मेस्सी फिट भए, आज राति च्याम्पियन्स लिगमा देखिँदैछन्



एजेन्सी ।
बार्सिलोनाका कप्तान लियोनल मेस्सी टिममा फर्किएका छन् । चोटका कारण मैदान बाहिर रहेका मेस्सी मंगलबार राति हुने च्याम्पियन्स लिग फुटबल अन्तर्गतको खेलमा मैदानमा हुने छन् ।

बार्सिलोनाले च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको खेलमा मंगलबार राति अवे मैदानमा जर्मन क्लब बोरुसिया डर्टमुण्डसँग प्रतिस्पर्धा गर्ने छ ।

बार्सिलोनाका कप्तान कप्तान मेस्सीले पछिल्लो पटक गएको जुलाईमा खेलका थिए । कोपा अमेरिका फुटबल अर्जेन्टिनाका लागि खेलेका मेस्सीले यो सिजन बार्सिलोनाका सुरुका चार खेल चोटका कारण गुमाए । तर उनी सोमबारदेखि प्रशिक्षणमा फर्किएका छन् ।

बार्सिलोनाले मेस्सी बिनाका चार ला लिगा खेल मध्ये दुईमा मात्रै जित निकालेको छ । बार्सिलोनाको टिममा १६ वर्षे एन्सु फाती पनि छन् । जसले ११६ मिनेट ला लिगामा खेल्दा दुई गोल र एक गोलका लागि सहयोग गरेका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७६ मंगलबार ००:००  ७ : ४२ बजे