१९ बैशाख २०८१, बुधबार | Wed May 1 2024

साफ च्याम्पियनसिपका लागि २३ सदस्यीय नेपाली टोली घोषणा



काठमाडौं ।
नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिपका लागि नेपालले २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको मंगलबार घोषणा गरेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले दोस्रो चरणमा रहेका २५ खेलाडीमध्ये २३ सदस्यीय टोलीको घोषणा गरेको अखिल नेपाल फुटबल संघ ९एन्फा०ले जनाएको छ। गोलरक्षक रोहित कार्की र मिडफिल्डर दिपेश गुरुङ भने छनोटबाट बाहिरिएका छन्। छनोट भएका खेलाडीमा गोलरक्षक विशाल सुनार, सूर्य अधिकारी र पुजन होना छन् भने डिफेन्डरमा विशाल बस्नेत, रन्दिप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नवीन गुरुङ, रोहन दोङ, अलिक रुम्बा र एन्जल महर्जन छन् । त्यसैगरी, मिडफिल्डरमा शिशिर लेखी, रोशन रानामगर, आकाश बुढा मगर, जय गुरुङ, मनिष थापा, कौशल फुयाँल र नितिन थापा छन् भने स्ट्राइकरमा ब्रिजेश चौधरी, साचु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ र मनिष डाँगी छनोटमा परेका छन् । प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ। नेपालको समूहमा माल्दिभ्स र भुटान छन्। त्यस्तै अर्को समूहमा बंगलादेश, भारत र श्रीलंका छन्। दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। आगामी असोज ३ देखि १२ गतेसम्म हुने उक्त प्रतियोगिताको खेल हल्चोकस्थित सशस्त्र प्रहरी बल एफिएफ मैदानमा हुनेछ।

प्रकाशित मिति : ३१ भाद्र २०७६ मंगलबार ००:००  ४ : ०४ बजे