१९ बैशाख २०८१, बुधबार | Wed May 1 2024

पहिलो खेलमै लिभरपुल नापोलीसँग २–० ले पराजित



एजेन्सी ।
साविक विजेता लिभरपुल च्याम्पियन्स लिगको पहिलो खेलमै इटालियन क्लब नापोलीसँग २–० गोल अन्तरले पराजित भएको छ ।

नापोलीको घरेलु मैदानमा अन्तिम १० मिनेट सम्हालिन नसक्दा लिभरपुलले हार ब्यहोर्‍यो । उसले अन्तिम ८ मिनेटमा २ गोल खान पुग्यो ।

लिभरपुललाई स्तब्ध बनाउन नापोलीका लागि मार्टिनेज र लोरेन्टीले समान एक–एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ८२ औ मिनेटमा मार्टिन्सले गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि इन्जुुरी समयमा लोरेन्टीले गोल गर्दै घरेलु टोलीको जित सुनिश्चित गरेका थिए ।

सन् १९९४ मा एसी मिलानसँग पराजित भएपछि पहिलो पटक लिभरपुल च्याम्पियन्स लिगको पहिलो खेलमा नै पराजित भएको हो ।

प्रकाशित मिति : १ आश्विन २०७६ बुधबार ००:००  ९ : २२ बजे