१९ बैशाख २०८१, बुधबार | Wed May 1 2024

म्यानचेस्टर सिटीको रवाफ कायमै, डोनेस्कमाथि ३-० को जित



एजेन्सी । इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलमा शानदार सुरुवात गरेको छ।

युरोपियन प्रतिस्पर्धाको नयाँ सिजन अन्तर्गत अवे मैदानमा भएको आफ्नो पहिलो खेलमा पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले शाख्तर डोनेस्कलाई पराजित गरेको हो ।

समूह सी अन्तर्गतको खेलमा सिटीले डोनेस्कलाई ३(० ले हराएको हो । सिटीको जितमा रियाद महरेज, आइकेली गुण्डोगान र गाब्रिएल जिससले गोल गरे ।

पहिलो हाफमा महरेजले २४ औँ तथा गुण्डोगानले ३८ औँ मिनेटमा गोल गरे । जिससले ७६ औँ मिनेटमा गोल गरेपछि सिटीले ३(० को जित निश्चित गरेको हो । सोही समूह अन्तर्गतको अर्को खेलमा डिनामो जाग्रेबले एटलान्टालाई ४(० ले पराजित गरेको छ ।

प्रकाशित मिति : २ आश्विन २०७६ बिहिबार ००:००  ६ : ५९ बजे