१९ बैशाख २०८१, बुधबार | Wed May 1 2024

कुशल मल्ल र इशान पाण्डे पहिलोपटक  राष्ट्रिय क्रिकेट टिममा 



काठमाडौँ – सिंगापुर र ओमान भ्रमणका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम घोषणा भएको छ। पारस खड्काको कप्तानीमा बिहीबार १५ सदस्यीय राष्ट्रिय टिम घोषणा गरिएको हो ।नेपालका प्रमुख प्रशिक्षक उमेश पटवालले पत्रकार सम्मेलन गरेर टोलीको घोषणा गरेका हुन् । टिममा नियमित उपकप्तान ज्ञानेन्द्र मल्ल, अनुभवी बलर बसन्त रेग्मी र ब्याट्सम्यान शरद भेषावकर छैनन् ।अब दीपेन्द्रसिंह ऐरीले उपकप्तानको भूमिका निर्वाह गर्ने छन्। कुशल मल्ल र इशान पाण्डे पहिलोपटक टिममा परेका छन्।

 

नेपाली टिम सेप्टेम्बर २५ मा सिंगापुर प्रस्थान गर्नेछ। सिंगापुरमा हुने त्रिकोणीय अन्तर्राष्ट्रिय टी–२० सिरिजमा नेपाल, जिम्बावे र आयोजक सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ।नेपाली टिममा कप्तानमा पारस खड्का, उपकप्तानमा दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, सन्दीप लामिछानेले, सन्दीप जोरा, ललितनारायण राजवंशी, पवन सर्राफ, अभिनास बोहरा, कुशल मल्ल, आरिफ शेख, रोहितकुमार पौडेल, शुसान भारी, इशान पाण्डे रहेका छन् ।

 

 

प्रकाशित मिति : २ आश्विन २०७६ बिहिबार ००:००  ३ : ०३ बजे