१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

एएफसी यू–१६ च्याम्पियनसिप छनोटः ताजिकिस्तानसँग नेपालको लज्जास्पद हार



काठमाडौं ।
एएफसी यू–१६ च्याम्पियनसिप छनोटको तेस्रो खेलमा नेपालले ताजिकिस्तानसँग लज्जास्पद नतिजा बेहोरेको छ । शुक्रबार राति भएको खेलमा नेपाल ताजिकिस्तानसँग ७–० गोलको फराकिलो अन्तरले पराजित भयो ।
प्रिन्स मोहम्मद अन्तर्रा्ष्ट्रिय रंगशालामा पहिलो हाफमा ४–० ले पछि परेको नेपालले दोस्रो हाफमा थप ३ गोल खाएको थियो ।
जितसँगै ताजिकिस्तानले अपराजित यात्रा कायम राखेको छ । ताजिकिस्तानले ३ खेलबाट ९ अंक जोडेको छ । ३ खेलमा दुई हार व्यहोरेको नेपालको १ अंक छ ।
यसअघि पहिलो खेलमा नेपाल जोर्डनसँग ७–० ले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले कुवेतसँग १–१ गोलको बराबरी खेलेको थियो । नेपालले अब अन्तिम खेलमा आइतबार श्रीलंकासँग खेल्नेछ ।

प्रकाशित मिति : ४ आश्विन २०७६ शनिबार ००:००  ८ : १२ बजे