८ जेष्ठ २०८१, मंगलबार | Wed May 22 2024

स्पेनिस ला लिगाः रियल मड्रिडलाई केही राहत



एजेन्सी ।
स्पेनिस ला लिगा फुटबलमा यो सिजन बलिया टिमले खासै राम्रो गर्न सकिरहेका छैनन् । बार्सिलोनाले पछिल्लो २५ वर्षयता कै खराब नतिजा निकालेको छ । रियल मड्रिडले पनि खासै राम्रो गर्न सकिरहेको छैन ।
च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) सँग ३–० ले पराजित भएको रियल मड्रिडले त्यसपछिको पहिलो लिग खेलमा भने संघर्षपूर्ण जित निकालेको छ ।
अवे मैदानमा भएको खेलमा आइतबार राति रियल मड्रिडले सेभिल्लालाई १–१ ले पराजित गरेको हो । रियल मड्रिडको जितमा ६४ औँ मिनेटमा करिम बेन्जिमाले गरेको गोल नै निर्णायक बन्यो । जितपछि दोस्रो स्थानमा उक्लिएको रियल मड्रिडको पाँच खेलबाट ११ अंक भएको छ ।
आइतबार राति नै भएको खेलमा एलाभेसलाई २–० ले पराजित गरेको एथ्लेटिको बिल्बाओ समान ११ अंकसहित शीर्ष स्थानमा छ ।
आइतबार राति भएका अरु खेलमा गेटाफेले मालोर्कालाई ४–२ तथा रियल सोसिडाडले स्पानियोललाई ३–१ ले पराजित गरेका छन् । यसैगरी भ्यालेन्सिया र लेगानेसले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०७६ सोमबार ००:००  ७ : ४८ बजे