८ जेष्ठ २०८१, मंगलबार | Wed May 22 2024

मुहान कप फुटवलको तयारी अन्तिम चरणमा, खेलाडीको विमा, कपिलवस्तु ११ छनौट हुने



मायादेवी अनलाइन, कपिलवस्तु ।
मुहान युवा क्लव बाणगंगा ४ झुँगा कपिलवस्तुले आयोजना गर्न लागेको “कपिलवस्तु जिल्ला स्तरीय
नकआउट पुरुष फुटवल प्रतियोगिता” को तयारी अन्तिम चरणमा पुगेको छ । नेपालीहरुको महान पर्व बडा दशैँ, दिवाली र छठ पर्वको अवसरमा हुन लागेको प्रतियोगिताको अहिलेसम्म लगभग ८० प्रतिशत काम सम्पन्न भएको क्लवका अध्यक्ष रविन्द्र प्रताप सेनले मायादेवी अनलाइनलाई जानकारी दिुभयो । “सुन्दर हरियाली नगर निर्माणमा युवाको अभियान, स्वस्थ सबल र दुव्र्यसनीरहित समाज निर्माणमा युवाको अभियान” भन्ने मूल नाराका साथ यही असोज ८ गतेबाट १८ गतेसम्म बाणगंगा ३ राजापानीमा रहेको राजापानी खेल मैदानमा प्रतियोगिता हुने छ । प्रतियोगिताको लागि आवश्यक प्रचारप्रसार लगायत सबै काम लगभग सकिएको छ । अब खेल मैदानको मात्र केही काम बाँकी रहेकाले असोज सात गते साँझसम्म सबै सकिने अध्यक्ष सेनले जानकारी दिनुभयो । अहिले डोजर र विशेष प्रविधिबाट मैदानमा रहेको झारहरुको सरसफाइ तथा माटो पटानकोे काम भइरहेको छ ।

Image may contain: one or more people, sky, outdoor and natureयस्तै प्रतियोगितामा भाग लिन चाहाने क्लवहरुले अहिले नाम दर्ता गराइरहेको सचिव कृष्ण अर्यालले जानकारी दिनुभयो । गत बर्ष जस्तै यस बर्ष पनि जिल्लाका चर्चित १६ । १७ क्लवले प्रतिस्पर्धा गर्ने जनाइएको छ । खेल राष्ट्रिय स्तरका रेफ्रिहरुले खेलाउने छन् । यसपटक प्रतियोगिताको पुरस्कार राशी पनि बढाइएको छ । विजेताले नगद ६० हजार शिल्ड,मेडल र प्रमाण पत्र पाउने छ भने उपविजेता टोलीले ३० हजार शिल्ड र प्रमाण पत्र पाउने छ । यस्तै अन्य २ सेमिफाइनलिस्ट टोलीलाई नगद पुरस्कारको ब्यवस्था गरिएको क्लवले जनाएको छ । क्लवका अध्यक्ष सेनका अनुसार प्रतियोगिताभरका उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट फरवार्ड र उत्कृष्ट गोल किपरलाई ट्रफी र मेडलले सम्मान गरिने छ भने हरेक खेलमा उत्कृष्ट खेल पस्कनेलाई पनि म्यान अफ दि म्याचको पुरस्कार राखिएको छ । प्रतियोगिताको लागि असोज ६ गते साँझसम्म नाम दर्ता गर्न क्लवले सबैलर्य अनुारेध गरेको छ । क्लवका अनुसार प्रतियोगिता सम्पन्न गर्न करिब ७ लाख लाग्ने जनाइएको छ । प्रतियोगिताको प्रदेश सांसद पन्थीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
‘खेलाडी विमा‘
मुहान कपमा पहिलो पटक खेलाडीको विमा गर्ने तयारी छ । धेरैजसो खेलाडीहरु खेलको दौरानमा चोटपटकले ग्रस्त हुने भएकाले यसपटक उनीहरुकोे बिमा नै गरिने जनाइएको छ । खेलअवधिभर सानो ठुलो कुनै दुर्घटना भएमा त्यसको उपचारको जिम्मा सम्बन्धित बिमा कम्पनीले गर्ने छ । खेल खेलिसकेर कतिपय अवस्थामा घाइते खेलाडीको उपचारमा धेरै खर्च हुने गरेका उदाहरण भएको र यसले खेलाडीहरुको खेलप्रतिको मनोबल कमजोर हुने भएको हुँदा मुहान क्लवले पहिलोपटक यो काम गर्न लागेको सचिव कृष्ण अर्यालले जानकारी दिनुभयो । अलिकति झञ्झटिलो र खर्चिलो भए पनि यसले खेलाडीमा नयाँ उत्साह र उर्जा थप्ने आयोजकको विश्वास छ । मुहान क्लवले खेलाडी विमा कार्यक्रम गर्न लागेको थाहा पाएपाि आफू धेरै खुसी भएको जिल्ला फुटवल संघका अध्यक्ष राम सेनले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । मुहानले जस्तै अन्य क्लव र संघसंस्थाले यो काम गरेका खेलाडीहरुको खेल प्रति थज जाँगर प्रदान गर्ने उहाँको भनाई छ ।
कपिलवस्तु ११ छनौट हुने
फुटवल संघका अध्यक्ष सेनले यो खेलबाट कपिलवस्तु ११ छनौट गरिने बताउनु भएको छ । गत बर्षजस्तै यस खेलबाट कपिलवस्तु ११ छनौट गरिने र त्यसले जिल्लाबाट प्रतिनिधित्व गर्दै अन्य स्थानमा पनि प्रतिस्पर्धा पाउने अवसर प्राप्त गर्ने छ । त्यसैले समयमै अधिकतम सहभागिताको लागि सबैलाई आग्रह गरिएको क्लवले जनाएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७६ सोमबार ००:००  १० : ३२ बजे