९ जेष्ठ २०८१, बुधबार | Wed May 22 2024

ट्राफिक नियम विपरित गाडी कुदाएपछि क्रिकेटर शेन वार्नलाई गाडी चलाउन प्रतिबन्ध



एजेन्सी ।
अस्ट्रेलियाका लेजेण्ड क्रिकेटर शेन वार्नलाई गाडी चलाउन प्रतिबन्ध लागेको छ । लण्डनको केनसिङगटनको चिप्लो बाटोमा ४७ किलोमिटर प्रतिघन्टाको गतिमा गाडी कुदाएपछि उनलाई गाडी चलाउन प्रतिबन्ध लागेको हो ।
ट्राफिक नियम पालना नगरेको भन्दै उनलाई १२ महिनाको लागि गाडी चलाउन प्रतिबन्ध लागेको स्काई न्युजले उल्लेख गरेको छ । वार्न विम्बलडनको अदालतमा पनि सहभागी भएका थिएनन् । वार्न पहिले पनि १५ पटक तीव्र गतिमा गाडी चलाएर कारबाहीमा परिसकेका छन् । १८ सय ४५ पाउन्ड स्ट्रलिङ जरिवानासहित गाडी चलाउन निषेध गरिएको छ ।
शेन वार्न क्रिकेट इतिहासका उत्कृष्ट बलर हुन् । उनले १४५ टेष्ट खेलमा ७०८ विकेट लिएका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०७६ मंगलबार ००:००  ४ : ५४ बजे