८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

ला लिगाः लियोनल मेस्सीसहितको बार्सिलोना विजयी



एजेन्सी ।
स्पेनिस ला लिगा फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा साबिक विजेता बार्सिलोना विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा लियोनल मेस्सीसहितको बार्सिलोनाले भिल्लारियललाई २–१ ले पराजित गरेको हो ।

बार्सिलोना र भिल्लारियलको तर्फबाट पहिलो हाफमै गोल भएको हो । छैटौँ मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई सुरुवाति अग्रता दिलाए । १५ औँ मिनेटमा आर्थरले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।

भिल्लारियलका लागि ४४ औँ मिनेटमा काजोर्लाले एक गोल फर्काए । दोस्रो हाफमा दुवै तर्फबाट गोल नभएपछि बार्सिलोना २–१ ले विजयी भयो । जितपछि ६ खेलबाट १० अंक जोडेको बार्सिलोना चौथो स्थानमा उक्लिएको छ ।

मंगलबार राति नै भएको खेलमा रियल भालाडोलिडसँग १–१ को बराबरीमा रोकिएको ग्रानाडा ११ अंकसहित शीर्ष स्थानमा पुगेको छ । अर्को खेलमा रियल बेटिसले लेभान्टेलाई ३–१ ले पराजित गरेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७६ बुधबार ००:००  ८ : ५८ बजे