८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

संघर्षपूर्ण जितसहित युभेन्टस शीर्ष स्थानमा



एजेन्सी । 

यहि सिजन बढुवा भएर इटालियन सिरी फुटबलमा आएको ब्रेशियासँगको खेलमा संघर्षपूर्ण जित निकाल्दै साबिक विजेता युभेन्टस शीर्ष स्थानमा उक्लिएको छ ।

लिग अन्तर्गत मंगलबार राति भएको खेलमा अवे मैदानमा युभेन्टसले २–१ को जित निकालेको हो । चौथो मिनेटमा नै अलफ्रेडो डोनारुमाको गोलबाट ब्रेशियाले सुरुवाति अग्रता लिएको थियो । ४० औँ मिनेटमा ब्रेशियाका जोन चान्सलरले आत्मघाती गोल गरेपछि युभेन्टसले खेलमा बराबरी गरेको हो ।

मिरालेम पियानिचले ६३ औँ मिनेटमा गोल गर्दै युभेन्टसलाई जित दिलाएका हुन् । जितपछि पाँच खेलबाट १३ अंकसहित युभेन्टस शीर्ष स्थानमा पुगेको छ । एक खेल कम खेलेको इन्टर मिलान १२ अंकसहित दोस्रो स्थानमा छ । युभेन्टस रोनाल्डो बिना नै मैदानमा थियो । रोनाल्डो चोटका कारण मैदानमा थिएनन् ।

प्रकाशित मिति : ८ आश्विन २०७६ बुधबार ००:००  ९ : ०० बजे