७ असार २०८३, आइतबार | Sun Jun 21 2026

ग्रिजम्यानकेसमा बार्सिलोनालाई मात्रै ३०० युरो जरिवाना



एजेन्सी । स्पेनिस फुटबल फेडेरेशनले बार्सिलोनालाई ३०० युरो जरिवाना तिराएको छ । एन्टोनी ग्रिजम्यान एथ्लेटिको मड्रिडमै रहेकै बेला उनलाई क्लब भित्र्याउनका लागि गरेको प्रयासका लागि स्पेनिस फुटबल फेडेरेशनले बार्सिलोनालाई मात्रै ३०० युरो गरिवाना तिराएको हो ।बार्सिलोनाले गएको जुलाईमा बाइआउट क्लज अनुसार १२० मिलियन युरो तिरेर ग्रिजम्यानलाई एथ्लेटिको मड्रिडबाट आफ्नो क्लबमा भित्र्याएको हो ।
एथ्लेटिको मड्रिडको स्वीकृति बिना नै ग्रिजम्यानसँग वार्ता गरेर बार्सिलोनाले नियम उल्लंघन गरेकाले जरिवाना तिराइएको फेडेरेशनले जनाएको छ । एथ्लेटिको मड्रिडले ग्रिजम्यानको बाइआउट क्लज २०० मिलियन युरो हुनु पर्ने बताउँदै आएको थियो ।

प्रकाशित मिति : १० आश्विन २०७६ शुक्रबार ००:००  ७ : २५ बजे