८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

साफ यू–१८ फुटबल च्याम्पियनसिपमा आजबाट सेमिफाइनल खेल



काठमाण्डौँ । काठमाण्डोमा भइरहेको साफ यू–१८ फुटबल च्याम्पियनसिप अन्तर्गत शुक्रबार सेमिफाइनल खेलहरु हुँदैछन् ।हलचोकस्थित एपीएफ मैदानमा बिहान ११ बजेदेखि सुरु हुने पहिलो सेमिफाइनलमा समूह ए को विजेता भुटान र समूह बी को उपविजेता बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।

दक्षिण एसियामा उदाउँदो टोलीको रुपमा रहेको भुटानले उमेर समूहको प्रतियोगितामा पहिलोपल्ट फाइनलमा पुग्नका लागि गएको संस्करणको उपविजेता बंगलादेशलाई पराजित गर्नुपर्नेछ ।समूह चरणमा भुटानले नेपाललाई ३–० गोलअन्तरले स्तब्ध तुल्याउँदै समूह विजेता बनेको थियो । उसले माल्दिभ्ससँग गोलरहित बराबरी खेलेको थियो ।

बंगलादेशले भने भारतसँग बराबरी खेलेको थियो भने श्रीलंकालाई पाराजित गरेको थियो ।यही मैदानमा दिउँसो ३ बजेदेखि सुरु हुने दोस्रो सेमिफाइनलमा उपाधि दावेदार भारत र माल्दिभ्स आमने सामने हुँदैछन् । भारत समूहको बी को विजेता र माल्दिभ्स समूह ए को उपविजेताको हैसियलमा सेमिफाइनलमा आमने सामने हुन लागेका हुन् ।

भारतले समूहको पहिलो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ३–० ले पराजित गरेको थियो । माल्दिभ्सले नेपाल र भुटान दुवैसँग गोलरहित बराबरी खेलेको थियो ।

प्रकाशित मिति : १० आश्विन २०७६ शुक्रबार ००:००  ८ : २० बजे