६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

सिंगापुरविरुद्ध नेपालको जित, पारसको ऐतिहासिक शतक,चौकाभन्दा छक्का धेरै



काठमाडौं ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले सिंगापुरविरुद्ध त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा सानदार शतक प्रहार गरेसँगै नेपालले ९ विकेटको जित दर्ता गरेको छ । यो नेपालको लागि टि(२० अन्तर्राष्ट्रिय इतिहासमा पहिलो शतक पनि हो ।

पारसले ४९ बलमा शतक प्रहार गरेका हुन् । यसक्रममा उनले १० छक्का चौका र ६ प्रहार गरे । पारसले १५ ओभरको अन्तिम बलमा टिम डेविडलाई छक्का प्रहर गर्दै शतक पुरा गरेका हुन् । कप्तान पारस ५२ बलमा ७ चौका र ९ छक्का सहित १ सय ६ रन जोडे ।

१ सय ५२ रनको मध्यम लक्ष्य पक्ष्याएको नेपालले १६ ओभरमा लक्ष्य पूरा गरेको हो । पारसलाई आरिफले ३९ रन जोड्दै साथ दिए ।त्यसअघि ओपनर इशान पाण्डेलाई दोस्रो ओभरको तेस्रो बलमा जनक प्रकाशले ५ रनमा एलवी डब्लू आउट गरेका थिए । पारस र आरिफले उत्कृष्ट साझेदारी गर्दै नेपालको जित पक्का गरेका थिए ।

प्रकाशित मिति : ११ आश्विन २०७६ शनिबार ००:००  ८ : २१ बजे