५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

सिटीद्धारा एभर्टन ३–१ ले पराजित



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा साबिक विजेता म्यानचेस्टर सिटी विजयी भएको छ । लिग अन्तर्गत अवे मैदानमा भएको खेलमा पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले एभर्टनलाई ३–१ ले पराजित गरेको हो ।

गाब्रिएल जिससले २४ औँ मिनेटमा गोल गर्दै सिटीलाई सुरुवाति अग्रता दिलाए । ३३ औँ मिनेटमा काल्भर्ट लेविनले एभर्टनका लागि बराबरी गोल फर्काए ।

पहिलो हाफमा १–१ को बराबरी भएको खेलमा सिटीले दोस्रो हाफमा दुई गोल थपेर जित निकालेको हो । ७१ औँ मिनेटमा रियाद महरेज तथा ८४ औँ मिनेटमा रहिम स्ट्रर्लिङ्गले गोल गरेपछि सिटी ३–१ ले विजयी भयो । जितपछि दोस्रो स्थानको सिटीको सात खेलबाट १६ अंक भएको छ ।

शनिबार राति नै भएको खेलमा बोर्नमाउथसँग २–२ को बराबरी गरेको वेष्ट ह्याम १२ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । यस्तै अर्को खेलमा टोटनह्यामले साउथह्याम्पटनलाई २–१ ले पराजित गरेको छ । जितपछि सात खेलबाट ११ अंक भएको टोटनह्याम चौथो स्थानमा पुगेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७६ आइतबार ००:००  ६ : ५७ बजे