२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

न्यूक्यासलको पोस्टमा लेस्टरको ५ गोल



एजेन्सी ।

प्रिमियर लिगमा लेस्टर सिटीले न्यूक्यासल युनाइटेडमाथि जित निकालेको छ ।

आइतबार राति सम्पन्न खेलमा लेस्टरले न्यूक्यासललाई ५–० को फराकिलो अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा जेमी भार्डीको दुई गोलको सहयोगमा लेस्टर सिटीले न्यूक्यासललाई स्तबब्ध पारेको हो ।

खेलमा अग्रता लेस्टरले १६ औ मिनेटमा रिकार्डो परेराको गोलबाट लिएको थियो । ४३ औ मिनेटमा हेडेन रातो कार्ड खादै मैदान बाहिरिएपछि न्युक्यासल १० खेलाडीमा सिमित बनेको थियो ।

भार्डीले ५४ औ मिनेटमा लेस्टरको अग्रता दोब्बर पारेका थिए । डममेटले ५७ औ मिनेटमा आत्मघाति गोल गरेपछि लेस्टर खेलमा ३–० ले अगाडी बढेको थियो । ६४ औ मिनेटमा भार्डीले ब्यक्तिगत दोस्रो गोल गर्दै लेस्टरलाई ४–० ले अघि बढाए ।

खेलको अन्तिम मिनेटमा एनडीडीले गोल गर्दै लेस्टरलाई प्रभावशाली जित दिलाए । जितसँगै लेस्टरको ७ खेलबाट १४ अंक भएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७६ सोमबार ००:००  ७ : ३७ बजे