२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

सोसियडाडलाई सेभिल्लाको धक्का



एजेन्सी ।
स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थान कब्जा गर्ने अभियानमा रहेको रियल सोसियडाडलाई सेभिल्लाको नराम्रो धक्का लागेको छ । आइतबार राति भएको खेलमा सोसियडाड सेभिल्लासँग ३–२ गोलले पराजित भयो ।
घरेलु मैदानमा सेभिल्लाको जितमा नोलीटोले १८औं, लुकास ओकाम्पोसले ४७औं र फ्रान्को भाज्क्वेजले ८०औं मिनेटमा गोल गरे । रियल सोसियडाडका मिकेल ओयार्जबलले चौथो र पोर्टुले ८७औं मिनेटमा गोल गरेका थिए । सेभिल्लासँगको हारसँगै सासियडाडले शीर्ष स्थान कब्जा गर्ने मौका पनि गुमायो ।
जितसँगै सेभिल्ला छैटौं स्थानमा उक्लिएको छ । सेभिल्लाले सात खेलबाट १३ अंक बनाएको छ । यसअघिनै १३ अंक बनाएको सोसियडाड पाँचौं स्थानमा छ । शीर्ष स्थानमा रहेको रियल म्याड्रिको १५ र दोस्रो स्थानमा रहेको ग्रानडाको १४ अंक छ ।
ला लिगाकै अन्य खेलमा मध्यमटोली इबरले सेल्टाभिगोलाई, डिर्पो्टिभो अलाभेसले मालोर्कालाई र रियल भालाडोलिडले स्पान्योललाई समान २–० गोलले हराएको छ । लिभान्ते र ओसासुनाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रकाशित मिति : १३ आश्विन २०७६ सोमबार ००:००  ९ : ४९ बजे