३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

भारत-पाक युद्ध भए विश्व प्रभावित हुने, १२ करोड बढी मारिने



एजेन्सी ।
भारत पाकिस्तानबीच युद्ध भएमा साढे १२ करोड मानिस मारिने एक अमेरिकी अध्ययनले देखाएको छ। दुई देशबीच सम्बन्ध तिक्त भइरहेको अवस्थामा अमेरिकाको एक अध्ययन संस्थानले युद्धको प्रभावबारेमा रिपोर्ट सार्वजनिक गरेको हो। अध्ययनका अनुसार यी दुई परमाणु शक्ति राष्ट्रबीच युद्ध भएमा विश्वको कुनै पनि देश यसको प्रभावबाट बच्न सक्ने छैन। उक्त अध्ययनको दाबीअनुसार युद्धको प्रभाव जलवायुमा व्यापक मात्रामा पर्नेछ। युद्धले जलवायु परिपवर्तनमा आपतको स्थिति ल्याउनेछ। अध्ययनको सहलेखक रुटगर्स विश्वविद्यालयका के ऐलन रोबोकका अनुसार दुवै देशबीच युद्ध भएमा साढे १२ करोड मानिस मर्ने बताएको बीबीसीले लेखेको छ। उनले भने, ुयस्तो युद्धमा ती देश र क्षेत्रमा मात्र प्रभाव पर्ने छैन जहाँ परमाणु बम खसालिएका छन्। त्यसको प्रभाव पुरै विश्वमा पर्नेछ।ु साइन्स एडभान्टेज जर्नलमा प्रकाशित अध्ययनमा सम्भावित भारत-पाकिस्तन युद्धको प्रभावबारेमा लेखिएको छ। जसमा भनिएको छ कि सन् २०२५ मा भारत र पाकिस्ताबीच परमाणु युद्ध हुनेछ। यी दुई देशबीच पछिल्लो समय कश्मीर मामिलालाई लिएर सम्बन्ध तिक्त भएको छ।

प्रकाशित मिति : १७ आश्विन २०७६ शुक्रबार ००:००  १२ : ४४ बजे