३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

इराकमा हिंसा चर्कियोः ३१ को मृत्यु, १५०० बढी घाइते



एजेन्सी ।
इराकमा तीन दिनयता जारी हिंसामा ३१ जनाको मृत्यु भएको छ । मुलुकमा बढ्दो बेरोजगारी र भ्रष्टाचार बढेको भन्दै केही दिनदेखि जारी रहेको सरकारविरुद्ध देशव्यापी प्रदर्शनमा एक हजार ५०० भन्दा बढी प्रदर्शनकारी र सुरक्षाकर्मी घाइते भएका र ६२ जना पक्राउ परेका इराकको मानवअधिकार सम्बन्धि उच्चायुक्तले जानकारी दिएको छ। मृतकमध्ये अधिकांश दक्षिणी सहर नसिरियाका रहेको बताइएको छ। इराकको राजधानी शहर बग्दाद र अन्य केही प्रान्तहरूमा जारी यस विरोध प्रदर्शनको क्रममा मारिनेको संख्या ३१ पुगेको इराकी स्वतन्त्र मानव अधिकार आयोग (आइएचसिएचआर) का सदस्य बयातीले समाचारदाताहरूलाई बताएका छन्। यस हिंसामा परी दुई सुरक्षाबलका सदस्यसहित ३१ जना मारिएका हुन। यस विरोध प्रदर्शनको क्रममा घाइते भएका एक हजार ५०९ मा ४०१ जना सुरक्षाबलका अधिकारी रहेका जनाइएको छ। घाइतेमध्ये केही उपचारपछि घर फर्किएका जनाइएको छ। केही दिनयता हिंसात्मक प्रदर्शन भइरहेपछि इराकको राजधानी बग्दादमा बिहीबार बिहानैदेखि अनिश्चितकालका लागि निषेधाज्ञा (कफ्र्यु) आदेश जारी गरिएको थियो। इराकी प्रधानमन्त्री अदेल अब्देल माहदीले स्थानीय समयानुसार बिहीबार बिहान ०५ बजेदेखि लागू हुनेगरी बग्दादमा अनिश्चितकालीन निषेधाज्ञा लगाउन आदेश दिएका थिए। तनाब बढ्दै गएका कारण मुलुकको इन्टरनेट सेवा लगभग बन्द रहेको, सरकारी कार्यालय बन्द गरिएका थिए। आधारभूत सेवा, रोजगारीको अवसरमा कमी र भ्रष्टाचारको विरोधमा इराकभरी मंगलबार अपराह्नबाटे विरोध प्रदर्शन शुरु भएको थियो। सर्वसाधारणका ती मागहरूको सही र वस्तुपरक रूपमा ल्याउने तथा शान्तिपूर्ण प्रदर्शन हुन नदिने उद्देश्यले दंगाकारीहरूको एउटा समूहले उक्साएको सरकारको आरोप छ। ‘हामी अभिव्यक्ति स्वतन्त्रताको सिद्धान्तको साथैमा उभिएका छौं जुन इराकी संविधानमा उल्लेख गरिएको छ। हामी सबै नागरिकलाई शान्त र संयम रहन आग्रह गर्दछौं, सुरक्षाकर्मीले पनि आफ्नो कर्तव्य निर्वाह सही किसिमबाट गरुन् भन्ने चाहन्छौं,’ प्रदर्शनकारीहरूले बताएका छन्। घाइतेमध्ये धेरैजसो प्राथमिक उपचारपछि घर फर्किएका तापनि सयौँ जना घाइतेहरु अझै अस्पतालमा उपचार जारी रहेको विज्ञप्तिमा जनाइएको छ। मंगलबार अपराह्न सयौँ इराकी प्रदर्शनकारीहरू बग्दादको केन्द्रमा रहेको तहरीर स्क्वायरमा भेला भएर विद्युत, सफा पानी र रोजगारीको अवसरको अभावसहित आधारभूत सेवा नभएको भन्दै विरोध प्रदर्शन गरेका थिए। सुरक्षाकर्मी र दंगा प्रहरीले आन्दोलनकारीलाई तितरवितर पार्न अश्रुग्यास, पानीको फोहोरा र गोली चलानुको लगयात गरेको कारबाहीमा ३१ जनाको मृत्यु भएको शुक्रबार बिहान बताइएको छ।

प्रकाशित मिति : १७ आश्विन २०७६ शुक्रबार ००:००  २ : ०३ बजे