७ असार २०८३, आइतबार | Sun Jun 21 2026

सिन्धुलीमा बस दुर्घटनाः ३ को ज्यान गयो, ५ को अवस्था गम्भीर



काठमाडौं ।
सिन्धुलीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। बिपी राजमार्गस्थित सिन्धुलीको नेपालथोकमा शनिबार बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
काठमाडौंबाट सिरहातर्फ जाँदै गरेको बा ३ ख २३५९ नम्बरको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।
मृतकको पहिचान नखुलेको सिन्धुली प्रहरीले जनाएको छ। बसमा चालकसहित ३५ जना सवार रहेको प्रहरीको अनुमान छ।
दुर्घटनाको कारणबारे जानकारी नभएको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति : १८ आश्विन २०७६ शनिबार ००:००  ४ : ०८ बजे