धनकुटा ।
तमोर नदीमा सेल्फी खिच्ने क्रममा एक युवती बेपत्ता भएकी छिन । धनकुटा नगरपालिका वडा नम्बर ९, मुलघाटको तमोर नदीमा सेल्फी खिच्ने क्रममा चिप्लिएर लडेकी २४ वर्षीया सृजना कटुवाल बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता युवतीको घर धनकुटा नगरपालिका ७ भए पनि परिवारसँगै धनकुटाको मुख्य बजारमा बस्दै आएको बुझिएको छ । स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतले उनको खोजी गरिरहेका छन् ।
१८ आश्विन २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया