३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

सेल्फी खिच्ने क्रममा तमोर नदीमा युवती बेपत्ता



धनकुटा ।

सेल्फी खिच्ने क्रममा तमोर नदीमा एक युवती बेपत्ता भएकी छिन ।

धनकुटा नगरपालिका वडा नम्बर ९, मुलघाटको तमोर नदीमा सेल्फी खिच्ने क्रममा चिप्लिएर लडेकी २४ वर्षीया सृजना कटुवाल बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता युवतीको घर धनकुटा नगरपालिका ७ भए पनि परिवारसँगै धनकुटाको मुख्य बजारमा बस्दै आएको बुझिएको छ ।

स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र  प्रहरी लगायतले उनको खोजी गरिरहेका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०७६ शनिबार ००:००  ६ : २२ बजे