२१ माघ २०८२, बुधबार | Thu Feb 5 2026

वरिष्ठ पत्रकार राजेन्द्रदेव आचार्यको निधन



काठमाडौं ।
वरिष्ठ पत्रकार राजेन्द्रदेव आचार्यको निधन भएको छ। एक हप्तादेखि नर्भिक अस्पतालमा उपचार गराइरहेका आचार्यको आइतबार बिहानै निधन भएको हो। नेपाल टेलिभजनका पूर्व नायव महाप्रबन्धक एवं समाचार निर्देशक समेत रहेका आचार्यले विभिन्न महाशाखाको नेतृत्व सम्हालेका थिए।
चार वर्ष अघि नेपाल टेलिभिजनबाट अवकास पाउनुभएका उहाँ त्यसपछि उनी न्यूज २४ टेलिभिजनमा समाचार प्रमुखका रुपमा कार्यरत थिए। आचार्यको आइतबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ। पत्रकारिता विषयका प्राध्यापक समेत रहेका ६१ वर्षीय आचार्य कलेजो रोगबाट पीडित थिए। आचार्यको आमा, श्रीमती तथा एक छोरी छन्।

प्रकाशित मिति : १९ आश्विन २०७६ आइतबार ००:००  १० : १७ बजे